
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको टोलीको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
‘बलियो सरकार बनेकोले जनताको ठूलो आसा र भरोसा रहेको उनको भनाई थियो । अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको र अब आर्थिक समृद्धि हासिल गर्नुपर्ने दिशामा सरकार अघि बढ्ने बताए । आगामी बजेटमा सरकारले केही फरक सम्बोधन गर्ने समेत बताए ।



प्रतिक्रिया